‘ज्वाइँ साब’ मा बुद्धि तामाङ र दीपक आचार्य अनुबन्धित

काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’ मा कलाकार बुद्धि तामाङ र दीपक आचार्य अनुबन्धित भएका छन्। बुद्धि नेपाली फिल्ममा निकै व्यस्त र रूचाइएका अभिनेता हुन् भने दीपक आचार्य हास्य सिरियल ‘सक्किगोनि’ मा काकुको भूमिकाबाट दर्शकमाझ लोकप्रिय छन्।

दुवै कलाकारलाई फिल्मको महत्वपूर्णमध्येको भूमिकाका लागि अनुबन्ध गरिएको निर्देशक बसन्त निरौलाले बताए। उनका अनुसार हाल वर्कसप चलिरहेको फिल्मको यही साताभित्र छायांकन सुरू गर्ने तयारी छ।

फिल्ममा यसअघि हास्य अभिनेता जितु नेपाल, हिमेश पन्त र अभिनेत्री नीति शाह अनुबन्धित भइसकेका छन्। रमेश बुढाथोकी, प्रकाश घिमिरे लगायत कलाकारहरूको पनि फिल्ममा अभिनय रहनेछ।

सामाजिक कमेडी जनरामा बन्ने फिल्मको छायांकन मकवानपुरको चित्लाङ र चितवनको सौराहामा गर्ने तयारी छ। रेड आई फिल्मसको प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मसको सहकार्यमा ‘ज्वाइँ साब’ निर्माण हुन लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर