नाइजेरियामा बन्दुक आक्राणबाट ४० जनाको मृत्यु

काठमाडौं । मध्य नाइजेरियाको प्लेटो राज्यस्थित एउटा गाउँमा बन्दुकधारीको समूहले गरेको आक्रमणमा ४० जनाभन्दा धेरैको मृत्यु भएको छ। प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सका अनुसार मोटरसाइकलमा सवार बन्दुकधारीको समूहले सोमबार राति आक्रमण गरेको हो।

बन्दुकधारीहरूले त्यहाँका बासिन्दामाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार बन्दुकधारीले सो क्रममा घरहरूमा पनि आगो लगाएका थिए। सशस्त्र आक्रमण नाइजेरियाको उत्तरी र मध्य क्षेत्रका लागि ठूलो सुरक्षा खतरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर