इजरायली प्रधानमन्त्री नेतन्याहुको आक्रोश

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूलाई पक्राउ पूर्जी माग गरेकोमा अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकप्रति आक्रोश व्यक्त गरेका छन् । गाजा द्वन्द्वमा कथित युद्ध अपराधको आरोपमा हमासका नेताहरूसँगै नेतान्याहुलाई पक्राउ पूर्जी माग गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रमुख अभियोजक करिम खानले गाजामा भएको युद्ध अपराधका लागि इजरायलका प्रधानमन्त्री नेतन्याहु र रक्षामन्त्री याव गालान्टलाई जिम्मेवार ठहराउन सक्ने कारणहरू रहेको दाबी गरेका छन्। प्रधानमन्त्री नेतन्याहुले लोकतान्त्रिक इजरायललाई हमाससँग तुलना गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले सामूहिक हत्याराका रुपमा परिचित हमाससँग इजरायलको तुलना गरिएकोमा आपत्ति जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर