सोमबार नेप्सेमा २७.५४ अंक वृद्धि

काठमाडौं । शेयर बजारमा सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २७.५४ अंकले बढेको छ । सोमबार नेप्से १।३३ प्रतिशतले बढेर २ हजार ९२ विन्दु कायम भएको छ । सोमबार नेप्सेमा साढे ५ अर्बभन्दा बढीको कारोबार भएको छ । सोमबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर ८० हजार ९८२ पटक किनबेच भएको छ ।

सोमबार ३१५ कम्पनीको शेयर कारोबार भएकोमा १३४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १०७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । सेन्सेटिभ इन्डेक्स ७.१३ अंक, फ्लोट इन्डेक्स २.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८० अंकले बढेको छ । सोमबार १३ उपसमूहमध्ये ८ समूहको शेयर मूल्य बढेको छ भने ५ समूहको शेयर मूल्य घटेको छ ।

सोमबार सामुदायिक लघुवित्त, बुद्ध भूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर र नेरुडे मिरमिरे लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । एनआईसी एशिया बैंकको शेयर मूल्य पनि ९.०६ प्रतिशतले बढेको छ । सोमबार सबैभन्दा बढी उपकार लघुवित्तको शेयर घटेको छ । उपकारको शेयर ७.४० प्रतिशतले घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर