सुर्खेतमा मिनी बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं । दैलेखको दुल्लु नगरपालिकाको भुकाँहबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनी बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन बाँकी छ । वीरेन्द्रनगर नगरपालिका-७ को गोजेनी जङ्गल नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरूको उपचारको लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली कियरमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर