बढ्यो सुनको मूल्य

काठमाडौं । आज बुधबार सुनको मूल्य १ हजार ८०० रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोलामा १ हजार ८०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर