युक्रेनले भारतसँग माफी मागी छाड्यो

काठमाडौं । युक्रेनको रक्षा मन्त्रालयले हिन्दू महादेवी कालीलाई आपत्तिजनक ढंगले चित्रण गरेको पोस्टर ट्विटरमा सेयर गरेकोमा भारतसँग माफी मागेको छ । केही दिनअघि युक्रेनको रक्षा मन्त्रालयको आधिकारिक ट्विटर ह्यान्डलबाट देवी महाकालीको आपत्तिजनक तस्बिर सेयर गरिएको थियो, जसलाई देशको रक्षा मन्त्रालयले ‘कलाको काम’ भन्दै ट्वीट गरेको थियो । तर भारतको चर्को प्रतिक्रियापछि यो ट्वीट अहिले डिलिट गरिएको छ । मंगलबार, युक्रेनका उप–विदेशमन्त्री एमिने झेपरले एक ट्विटमा दुःख व्यक्त गरे।

आफ्नो ट्विटमा उनले भने, “हामीलाई अफसोस छ । हिन्दू देवी कालीलाई विकृतरूपमा चित्रण गरिएको छ। युक्रेन र युक्रेनका जनताले अद्वितीय भारतीय संस्कृतिको सम्मान गर्दछ र समर्थनको उच्च कदर गर्दछ। ट्विट हटाइएको छ। पारस्परिक सम्मान र मित्रताको भावनामा सहयोगलाई अझ प्रगाढ बनाउनुहोस्।” (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर