नेपालगन्जमा पाँच वर्षपछि उच्च तापक्रम

काठमाडौं । नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ । शनिबार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४२ दशमलव ६ डिग्री मापन भएको हो । जल तथा मौसम विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मीना शिवाकोटीले शनिबार नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको बताइन् । उनका अनुसार यो यस वर्षकै उच्च तापक्रम हो ।

नेपालगन्जमा केही दिनदेखि अधिकतम तापक्रम क्रमशः बढ्दै गएको पाइएको छ । फिल्ड इन्चार्ज सिवाकोटीका अनुसार गत बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस थियो । त्यसैगरी शुक्रवार ४१ दशमलव १ डिग्री मापन भएको नेपालगन्जको अधिकतम तापक्रम शनिवार भने ४२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो । उनले यो तापक्रम पाँच वर्षपछिको उच्च भएको पनि उल्लेख गरिन् ।

नेपालगन्जमा दैनिक बढ्दै गइरहेको गर्मीमा विद्युत् अनियमितता हुँदा भने स्थानीयले सास्ती भोगिरहेका छन् । ४२ डिग्रीमाथिको चर्को गर्मी खेपिरहेका स्थानीयले विद्युत् कार्यालयले नियमितरुपमा विद्युत् आपूर्ति नगर्दा र झ्याप–झ्याप बत्ती गइरहँदा सास्ती भोगेका हुन् । नेपालगन्जका स्थानीयहरूले विद्युत् कार्यालयले चर्को गर्मीमा पनि विद्युत् नियमित आपूर्ति नगरेको भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर