आइतबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। आजको लागि अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ २२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८७ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ ३० पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा तोकिएको छ । यस्तै अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ५० पैसा र बिक्री दर ८८ रुपैयाँ ९० पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३३ रुपैयाँ ०३ पैसा र बिक्री दर ४३४ रुपैयाँ ९८ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५२ रुपैयाँ ९० पैसा र बिक्री दर ३५४ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर