चैत्र २२ गते केबलकार सेवा बन्द हुने

काठमाडौं । मनकामना केबलकार सेवा बन्द हुने भएको छ।

मर्मतसम्भारका लागि केबलकार सेवा यही चैत्र २२ गते बन्द हुने भएको हो। बुधबार एक दिनका लागि मात्र सेवा बन्द गरिन लागिएको छ।

केबलकारको टावर मर्मत सम्भार कार्य सकिएलगत्तै बिहीबारबाट केबलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ।

उक्त अवधिभरि केवलकार बटम स्टेसनमा रहेका रेस्टुरेन्ट सेवा भने यथावत रहनेछन्।

कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नति गरेको छ।

साथै यसबाट यात्रु महानुभावमा पर्न जाने असुविधाको लागि कम्पनी क्षमाप्राथी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर