मौद्रिक नीति त्रैमासिक समीक्षा : घरजग्गा, गाडी किन्न खुकुलो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिकसमीक्षा गरेको छ । राष्ट्र बैंकको शुक्रबार बिहान बसेको बैठकको सञ्चालक समितिले पारित गरेपछि राष्ट्र बैंकले उक्त समीक्षा सार्वजनिक गरेको हो ।

यस समीक्षामा राष्ट्र बैंकले विद्यमान व्यवस्थाहरुमा सामान्य संशोधन गरेको छ । जसअनुसार अहिले असल कर्जामा कायम गरिएको प्रोभिजनिङलाई १.२५ प्रतिशतबाट घटाएर १.२० प्रतिशत कायम गरिएको छ । त्यस्तै, सवारी कर्जामा हाल कायम गरिएको १२५ प्रतिशतको जोखिम भारलाई घटाएर १०० प्रतिशतमा झारिएको छ ।

त्यस्तै व्यावसायिक संस्थाको घरजग्गा किन्ने व्यवस्था सहज बनाउने राष्ट्र बैंकले घोषणा गरेको छ । अब आम्दानीको ५० देखि ७० प्रतिशतसम्म भुक्तानी गर्न पाउनेगरी ऋणको सीमा कायम गरिने जनाइएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले एक वर्ष पुरानो लगानीमध्ये चुक्ता पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था समेत मौद्रिक नीतिको समीक्षामार्फत् सार्वजनिक गरिएको छ । समीक्षामार्फत् अहिलेको चाँदी आयातको विद्यमान व्यवस्था पुनरावलोकन गरिने जनाइएको छ ।

राष्ट्र बैंकले अहिलेको ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधाको दरमा पुनरावलोकन गर्ने जनाएको छ । ब्याजदर करिडोरलाई भने ३ देखि ७ प्रतिशतमा यथावत राखिएको छ । बैंकहरुले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात, स्थायी तरलता अनुपातलाई यथावत् राखिने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर