सुन तोलामा ७ सय रुपैयाँ घट्यो

काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । तेजाबी सुनको भाउ पनि ७ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको चाँदीको भाउ ५ रुपैयाँ प्रतितोलाका दरले घटेको छ ।
प्रतिक्रिया