शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। आजको लागि अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ८५ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा छ । यस्तै बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा तोकिएको छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ९४ पैसा र बिक्री दर ८९ रुपैयाँ ३४ पैसा छ। कुवेती दिनार १ को खरिद दर ४३४ रुपैयाँ १२ पैसा र बिक्री दर ४३६ रुपैयाँ ८ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ६० पैसा र बिक्री दर ३५५ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर