आलियाकाे गाउन, दीपिकाको पुरानो लुकसँग तुलना गरिँदै

काठमाडौं । भारतीय अभिनेत्री आलिया भट्टले ‘मेट गाला’ २०२३ मा लगाएको गाउन अर्की अभिनेत्री दीपिका पादुकोणको पुरानो लुकसँग तुलना गरिएको छ ।

आलिया ‘मेट गाला’ सहभागी हुन न्युयोर्क पुगेकी थिइन् ।आलिया ‘मेट गाला’ मा पहिलो पटक सहभागी भएकी हुन् ।

कार्यक्रममा आलिया सेतो गाउनमा देखिएकी थिइन् । तर, उनको लुकलाई ७५ औं कान्स फिल्म फेस्टिभलमा दीपिकाको लुकसँग तुलना गरिएको छ ।

उनी पहिलो पटक ‘मेट गाला’ को रातो कार्पेटमा सहभागी भएकी हुन् । ‘मेट गाला’मा उनी सेता मोती जडित लुगामा पुगेकी थिइन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उक्त लुगामा १ लाख मोती जडित भएको बताइएको छ।

आलियाले मंगलबार सामाजिक सञ्जालमा ‘मेट गाला’ डेब्यूको तस्बिर सार्वजनिक गर्दै खुशी व्यक्त गरेकी छन् ।

उनले लेखेकी छिन् , ‘मेरो लुक सुपरमोडल क्लाउडिया शिफरबाट प्रभावित छ । म पहिलादेखि भारतमा बनेको यस्तो लुगा लगाउन चाहन्थें । प्रबल गुरुङले माया र मिहेनत गरेर १ लाख मोती जडित लुगा बनाएका छन् ।’

नेपाली मूलका प्रबल गुरुङ फेसन डिजाइनमा अन्तर्राष्ट्रिय स्तरमै चर्चित छन् ।

सामाजिक सञ्जालमा आलियाको तस्बिर सार्वजनिक हुनेबित्तिकै मानिसहरुले फरक फरक प्रतिक्रिया दिएका छन् । कतिपयले उनको लुकलाई मन पराइरहेका छन् भने कतिपयले आलियाको लुकलाई दीपिकाको कान्स लुकसँग तुलना गरिरहेका छन् । दीपिकाले २०१७, २०१८ र २०१९ मा ‘मेट गाला’ कार्यक्रममा भाग लिएकी छिन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर