स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था गम्भीर

काठमाडौं ।  गोली लागेर घाइते भएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको गम्भीर अवस्थामा उपचार भइरहेको छ । स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर प्रधानमन्त्री फिको बाहिर निस्कने क्रममा हिजो उनीमाथि गोली प्रहार भएको थियो । पेट, हात र खुट्टामा चोट लागेका उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उनको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ । घटनापछि सार्वजनिक भएको भिडियोमा गोली चलेलगत्तै सुरक्षाकर्मीहरु गोली चलाउने व्यक्तिलाई पक्राउ गर्न दौडिरहेको देखिन्छ । स्लोभाकियाका राष्ट्रपति जुजाना सापूतोवाले हमलाबाट आफू स्तब्ध भएको बताए ।  त्यहाँका अरु राजनीतिज्ञले गोली काण्डलाई लोकतन्त्रमाथिको आक्रमण  भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर