सेनाको विशेष कारबाहीमा अल–शबाबका ६० लडाकू मारिए

काठमाडौं । सोमाली राष्ट्रिय सेनाले मङ्गलबार मध्य सोमालियाको मुदुग क्षेत्रमा विशेष कारबाहीका क्रममा अल-शबाबका ६० जना लडाकूलाई मारेको एक सैन्य अधिकारीले पुष्टि गरेका छन्।

सोमाली नेशनल आर्मीका प्रमुख ओडोवा युसुफ रगेहले सोमाली नेशनल न्युज एजेन्सीलाई सेनाले कारबाहीका क्रममा केही लडाकूलाई पक्राउ गरेको र हतियार समेत बरामद गरेको बताएका छन्।

उनीहरूले अपरेशनका क्रममा विस्फोटक पदार्थले भरिएको एउटा ठूलो ट्रकलाई ध्वस्त पारेको र टोयोटा हिलक्स कार कब्जा गरेको पनि उल्लेख गरिएको छ ।

अल–शबाब लडाकुहरूले मध्य सोमालियामा सोमाली सेनाले गरेको पछिल्लो अपरेशनको बारेमा अझै कुनै टिप्पणी गरेका छैनन्। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर