नेप्सेमा बुधबार सामान्य अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बुधबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ९।५४ अंकले घटेर दुई हजार १७ दशमलव ९७ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज ३ अर्ब ७० करोड ८४ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६५ वटाको बढेको छ भने १७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् । आज गुरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११ करोड ८९ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर