पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु

काठमाडौं । दाङमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । मंगलबार साँझ बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका-७ स्थित ओदाले घाटमा पदमपुरका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेशको मृत्यु भएको हो ।

भारभा बसेर पढ्दै आएका उनीहरू केही समयअघि घर आएपछि फूपूको घर गएका थिए । बबई ५ का वडाध्यक्ष पदम श्रीसका अनुसार पौडने क्रममा पहिले भाइ डुबेपछि दाइ उद्धार गर्न गएका थिए ।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर