सुन प्रतितोलामा ७ सय रुपैयाँ घट्यो

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ७ सय सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया