स्ट्राइकर अर्लिङ हालान्डले अझ राम्रो गर्न सक्ने

काठमाडौं । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले स्ट्राइकर अर्लिङ हालान्डले अझ राम्रो गर्न सक्ने बताएका छन् ।

नर्वेका स्ट्राइकरले यस सिजन सिटीका लागि प्रिमियर लिगमा ३४ र च्याम्पियन्स लिगमा १२ गोल गरी ५० गोल गरेका छन्।

यद्दपी, ग्वार्डीओलाले हालान्डलाई अझ राम्रो बनाउन प्रशस्त सम्भावनाहरु रहेको बताएका हुन् ।

यदि उसले गोल गर्दैन भने अब मानिसहरूले भन्नेछन् । हालान्ड खराब अवस्थामा छ, तर उसले खेललाई धेरै सुधार गर्न सक्छ, ग्वार्डीओलाले भने, मलाई लाग्छ कि उनीसँग खेलाडीको रूपमा अझ राम्रो बन्ने इच्छा छ।

एभर्टनका पूर्व स्टार डिक्सी डीनको नाममा एकै सिजन ६३ गोलको कीर्तिमान रहेको छ ।

सन् १९२७-२८ मा डीनले एकै सिजन ६३ गोल गरेर इंग्ल्यान्डमा कीर्तिमान बनाएका थिए ।

हालान्ड यस सिजन डीनको कीर्तिमान तोड्ने लक्ष्यमा छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर