भारतमा लोकसभाको चौथो चरणको मतदान

काठमाडौं । भारतमा लोकसभा चुनावअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटका लागि बिहान ७ बजेदेखि मतदान शुरु भएको हो ।

आज समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्वक्रिकेटर युसुफ पठान, अभिनेता शत्रुघ्न सिन्हालगायत १७ सय १७ उम्मेदवारका लागि मतदान भइरहेको बीबीसी हिन्दीले जनाएको छ । आजको चुनावमा १९ लाखभन्दा बढी मतदान केन्द्रबाट १७ करोड ७० लाख मतदाताले मतदान गर्नेछन् । लोकसभाका ५ सय ४३ सदस्य चयनका लागि अप्रिल १९ देखि शुरु भएको मतदान सात चरण अर्थात् जुन १ सम्म हुनेछ । सबै चरणको मतदान सकिएपछि जुन ४ मा मतगणना गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर