ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं ।  दैलेख – दुल्लु नगरपालिका ६ मा ट्याक्टर दुर्घटना परी घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका –६ का ५६ वर्षीया  कमारो रावल,सोही ठाउँका चालक कमल शाही हुन् ।

रावलको राती १० बजे र शाहीको १२ बजे उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । मृतक दुई जनालाई दुल्लु अस्पतालमा सामान्य उपचारपछि थप उपचार गर्न एम्बुलेन्समार्फत सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा रिफर गरिएको थियो । गएको आइतबार दुल्लु नगरपालिका–६ धाडा जङ्गलमा  भएको ट्र्याक्टर दुर्घटनामा ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर