वाणिज्य बैंकहरूले जेठ महिनाका लागि पनि घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि पनि मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएका छन् । जेठ महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम व्यक्तिगततर्फ ७.०७ प्रतिशत र  संस्थागततर्फ ५.८९ प्रतिशत ब्याज दिने भएका हुन् । औसतमा वाणिज्य बैंकहरुको ब्याजदर ७.१४ प्रतिशतबाट घटेर ७.०६ प्रतिशतमा झरेको छ ।केन्द्रीय बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर संस्थागत मुद्दती निक्षेपको भन्दा १ प्रतिशत कम हुनुपर्ने नीतिगत व्यवस्था गरेको छ । जसअनुरुप वाणिज्य बैंकहरुले संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । जेठ महिनामा एनएमबी, नबिल, सिद्धार्थ, प्राइम कमर्सियल, सानिमा, एभरेष्ट, सिटिजन्स, राष्ट्रिय वाणिज्य र नेपाल एसबीआई बैंकले  ब्याजदर घटाएका छन् ।

जेठ महिनाका लागि मुद्दती निक्षेपमा एनएमबी बैंकले ७.९७ बाट घटाएर ७.८, नबिल बैंकले ७.२५ बाट ६.७६, सिद्धार्थले ७.२५ बाट ७ र प्राइम कमर्सियलले ७.१ बाट ७ प्रतिशत ब्याजदर कायम गरेका छन् । यस्तै सानिमाले ७.१ बाट ६.९, एभरेष्टले ७ बाट ६.५, सिटिजन्सले ७.५ बाट ७, राष्ट्रिय वाणिज्यले ६.५५ बाट ६.४ र नेपाल एसबीआईले ६.५३ बाट ६.३९ प्रतिशत ब्याजदर तोकेका छन् । यद्यपि, एनआईसी एसिया बैंक, प्रभु बैंक र ग्लोबल आईएमई बैंकको ब्याजदर भने सामान्य वृद्धि भएको छ । एनआईसी एसियाले  ७.८ बाट ७.७५ तथा ग्लोबल र प्रभुले ७ बाट ७.५ प्रतिशत ब्याजदर पुगाएका छन् । नेपाल बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर