रियल मड्रिड पराजीत

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले हार व्यहोरेको छ ।

मंगलबार राति भएको खेलमा १० खेलाडीमा सिमित रियललाई रियल सोसिडाडले २-० गोल अन्तरले हराएको हो ।

सोसिडाडको जितमा ताकेफुसा कुबो र एन्डर बारेनसिएले एक एक गोल गरे ।

खेलको ४७ औं मिनेटमा कुबोले गोल गर्दै सोसिडाडलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६१ औं मिनेटमा डानी कार्भाजलले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको ८५ औं मिनेटमा एन्डरले गोल गर्दै सोसिडाडलाई २-० को जित दिलाए ।

जितसँगै सोसिडाडले ३३ खेलमा ६१ अंक जोडेको छ ।

सोसिडाड चौंथो स्थानमा रहेको छ ।

रियल ६८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर