बार्सिलोना उपाधि नजिक

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जित निकालेको छ ।

बार्सिलोनाले मंगलबार राति १० खेलाडीमा सिमित ओसासुनालाई १-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा जोर्डी अल्बाले निर्णायक गोल गरे ।

अल्बाले खेलको ८५ औं मिनेटमा गोल गरेका थिए ।

यस्तै खेलको २६ औं मिनेटमा जोर्गे ओरोजले रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै बार्सिलोना उपाधि नजिक पुगेको छ । बार्सिलोनाले २०१८-१९ को सिजनपछि उपाधि जित्न सकेको छैन ।

बार्सिलोनाले ३३ खेलमा ८२ अंक जोडेको छ ।

बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा १४ अंकले अघि रहेको छ ।

रियलको ६८ अंक रहेको छ ।

ओसासुना ४४ अंक जोडेर नवौं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर