ओलीमाथि कारवाही गर्न प्रचण्डसँग बालेनको माग

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले झापास्थित गिरीबन्धु टि स्टेट प्रकरणमा तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । बालेनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले उल्टाएको उल्लेख गर्दै अब तत्कालीन ओली नेतृत्वको सरकारलाई अहिलेको सरकारले कारवाही गर्नुपर्ने बताएका छन्।

अहिलेको अवस्थामा सो जग्गाको मूल्य १० अर्बभन्दा धेरै भएको भन्दै बालेनले तत्कालीन सरकारलाई कारबाहीको भागीदार बनाउनुपर्ने बताएका छन्। उनले जग्गाको बैना गरेका सबैलाई कानुनी प्रक्रियाबाट बैना फिर्तामा जान आग्रह गर्दै अब जग्गा प्राप्तीको बाटो सकिएको उल्लेख गरेका छन्। साथै उनले देशको अर्बौंको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल महानगरका कानुनी सल्लाहकारसमेत रहेका ओमप्रकाश अर्याललाई धन्यवादसमेत दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर