गाजा क्षेत्रमा ब्यापक बमबारी

काठमाडौं । इजरायल सेनाले मंगलबार राति गाजा क्षेत्रमा ब्यापक बमबारी गरेको छ ।

एक जना प्यालेस्टिनी कैदीको भोक हडतालका क्रममा इजरायली हिरासतमा मृत्यु भएपछि तनाव बढिरहेको बेला इजरायली सेनाले गाजा क्षेत्रमा मध्यराती बमबारी गरेको हो ।

इजरायली हिरासतमा ८७ दिनदेखि भोक हड्तालमा रहेका खदर अदनानको मृत्यु भएपछि प्यालेस्टिनीहरुले उग्र प्रदर्शन गरेकोमा प्यालेस्टिनी क्षेत्रबाट इजरायलतर्फ रकेट प्रहार गरिएको थियो ।

त्यसको जवाफ स्वरुप इजरायलले मध्यरातमा बमबारी गरेको बताइएको छ । अदनानको मृत्युको विरोधमा हजारौं प्यालेस्टिनीले गाजा र पश्चिम किनारमा प्रदर्शन गरेका हुन् ।

इजरायली सेनाले २६ वटा रकेट ईजरालयतर्फ प्रहार गरिएको र त्यसमध्ये दुई वटा इस्डेरोट शहरमा खसेको दाबी गरेको छ ।

प्यालेस्टिनी रकेट खस्दा एक विदेशी पर्यटकसहित तीन जना घाइते भएको दाबी पनि ईजरायली सेनाको छ ।

इजरायलले गरेको बमबारीबाट प्यालेस्टिनी क्षेत्रमा के कति क्षति पुग्यो भन्ने विवरण आईसकेको छैन । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर