वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा रवि ओडको आत्म सर्मपण

काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले प्रहरीमा आत्म सर्मपण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्।
प्रहरीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । गत चैत २० गते ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । सांगीतिक कार्यक्रमका सिलसिलामा नेपाल बाहिर रहेका कारण सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरिएको भए पनि उनी पक्राउ परेका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर