बत्तीसपुतलीमा गएराति एक युवकको हत्या

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा गएराति एक युवकको हत्या भएको छ । मोरङका २४ वर्षीय शम्भु धिमालको  हत्या भएको प्रहरीले जनाएको छ ।धिमालको बीच बाटोमै हत्या भएको र उक्त घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको जस्तो देखिएको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर