पीएसजी छाड्दै एमबापे

काठमाडौं । विश्व विजेता फ्रान्सेली स्ट्राइकर किलियन एमबापेले जारी सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने भएका छन् । २५ वर्षीय एमबापेले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै यस्ताे बताएका हुन्।

सार्वजनिक भिडियोमा एम्बापेले भने, ‘मैले सधैँ भन्दै आएको छु, समय आएपछि तपाईंसँग कुरा गर्छु भनेर।  पेरिस सेन्ट-जर्मेनमा यो मेरो अन्तिम वर्ष हो। म करार विस्तार गर्दिनँ र यो यात्रा केही हप्तामा समाप्त हुनेछ।’ पीएसजीसँग एमबाप्पेको सम्झौता जुनमा समाप्त हुन्छ। बीबीसी स्पोर्टले गत फेब्रुअरीमा नै एम्बापे रियल मड्रिडमा सामेल हुने सम्झौता गरेको समाचार प्रकाशित गरेको थियो । विश्वकप विजेता खेलाडी २५५ गोलसहित पीएसजीका कीर्तिमानी गोलकर्ता हुन् । पेरिसमा जन्मेका एमबापे मोनाकोबाट अगस्ट २०१७ मा १६.५७ करोड पाउन्डमा पीएसजीमा सामेल थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर