गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले हरायो

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले हराएको छ । गएराति भएको खेलमा ओपनरद्वय शुभमन गिल र साई सुदर्शनले शतकीय पारी खेलेपछि गुजरातले सहजै जित निकाल्यो ।

गिलले एक सय ४ तथा सुदर्शनले एक सय ३ रन जोडे । त्यस्तै डेविड मिलरले अविजित १६ रन बनाए । अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले तीन विकेटको क्षतिमा दुई सय ३१ रन बनाएको थियो । जितका लागि दुई सय ३२ रनको लक्ष्य पाएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ९६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका ड्यारील मिचेलले सर्वाधिक ६३ रन तथा मोइन अलिले ५६ रन जोडे । महेन्द्रसिंह धोनीले २६ र शिवम दुबेले २१ रन बनाए । जितपछि गुजरात १२ खेलमा १० अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । चेन्नई समान १२ खेलमा १२ अङ्कमा साथ चौथो स्थानमा छ । आइपिएल क्रिकेटमा आज कोलकता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर