कांग्रेसको अवरोधपछि संसदको दुबै सदनको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ । १५ मिनेट स्थगित भई दोस्रो पटक बसेको बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक जेठ १ गते मंगलबार साँझ ६ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे । सरकारले जेठ १ गते सदनमा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले प्रतिनिधिसभा बैठक चल्न नदिएर अवरोध गरेको हो । यसैगरी कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन पनि कार्यसूचीमा प्रवेशै नगरी स्थगन गरिएको छ ।

सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्नेक्रम सकिएपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएपछि अध्यक्ष नारायण दाहालले १५ मिटेनका लागि बैठक स्थगन गरेका थिए ।दास्रो बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि अध्यक्ष दाहालले सो दलका सांसद कृष्णबहादुर रोकायलाई बोल्न समय दिए । सांसद रोकायले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने स्पष्ट पारे । विपक्षी सांसदको अवरोध कायमै रहेपछि अध्यक्ष दाहालले आगामी जेठ १ गते मङ्गलबार अपरान्ह ५ः३० बजेसम्मका लागि बैठक स्थगन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर