अक्षय तृतीया पर्व एवं परशुराम जयन्ती मनाइँदै

काठमाडौं । हरेक वर्ष सनातन धर्मावलम्वीले वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया मनाउँदै आएका छन् । यस दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने परम्परा रहेको छ । ब्रह्मा-विष्णु-महेश्वरको आह्वान गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने धार्मिक पुराणमा उल्लेख छ ।

यस्तै आजका दिन छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने चलन छ । आजका दिन बाटोमा सर्वत र सातु राखेर बटुवालाई खुवाउने परम्परा पनि छ । गर्मीयाम भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ । आजकै दिनबाट त्रेतायुगको आरम्भ भएको पौराणिक कथामा उल्लेख छ । अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ । भगवान् विष्णुका छैटौँ अवतार परशुराम जयन्ती पनि वैशाख शुक्ल तृतीयाकै दिन मनाइन्छ । आजकै दिनदेखि कुलपूजा अर्थात् देवाली पूजा पनि आरम्भ हुन्छ । देवाली पूजामा धरती माताको विशेष पूजा गर्ने गरिन्छ । हिन्दु सनातनीहरूले धरती माताको सत्व, रज र तामसी पद्धतीबाट पूजा गर्ने प्रचलन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर