कोशीका मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५०) बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त भएका उनले कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । यस्तै मुख्यमन्त्री कार्कीको सिफारिसमा गणेशप्रसाद उप्रेति र रामबहादुर मगरले विनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर