जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसान्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । नगर प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नगरपालिकाको वडा नं. १ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा उनीहर्रु दोषी पाइएको हो । पीपीसी ढलान गर्दा गरेको कामभन्दा बढी गरेको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन जाँच नगरी भुक्तानीको लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा ५ लाख ८४ हजार ६ सय ३७ रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारको दावी छ ।

झुट्ठा बिल भर्पाइ बनाई सम्पन्न प्रतिवेदन तयार पारेर भुक्तानी दिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई झुठ्ठा बिलबराबर बिगो कायम गरी सजाय माग दावी गरिएको आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर