सेयर बजारमा सामान्य सुधार

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । बिहीबार बजार ५.६३ अंकले बढेर १९६६ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा १० वटा उपसूचकमा हरियाली छाएको छ ।

आज सबैभन्दा बढी नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ९७ लाख १६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोल्टी होटलको १४ करोड ४७ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको ९ करोड ६६ लाख ४२ हजार रुपैयाँ, पोखरा फाइनान्सको ९ करोड ५९ लाख ९५ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको ७ करोड ३१ लाख ८२ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर