छापावाल सुन प्रतितोला ८ सय रुपैयाँँ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बिहीबार घटेको छ । हिजो बुधबार प्रतितोला एक लाख ३६ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य आज आठ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ६८५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर