सबैखाले विपदबाट क्षति भएका घरको पुनःनिर्माणका लागि अनुदान दिने

काठमाडौं । सरकारले  अबदेखि सबैखाले विपदबाट क्षति भएका घरको पुनःनिर्माणका लागि अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपदबाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो ।

नेपाल सेल्टर फोरमको दुई दिने छलफल ललितपुरमा समापन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपदबाट हुने आवासको क्षतिमा सरकारले पुनःनिर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जानकारी दिएको हो । “अबदेखि सबैखाले विपद्का घटनाबाट घरबास गुमाएका नागरिकले आवास पुनःनिर्माणका लागि अनुदान पाउनुहुनेछ । जिल्लाको वर्गीकरणअनुसार अनुदान दिने रकम तोकिएको छ”, उनले भने ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको वैशाख ३ को बैठकले पारित गरेको कार्यविधि(२०८१ अनुसार जिल्लाको वर्गीकरणबमोजिम लाभग्राहीले चार, पाँच र छ लाख रुपैयाँ तीन किस्तामा अनुदान पाउनेछन् । कार्यविधिमा काठ खरिदमा सरकारी मूल्यको ९० प्रतिशत छुट र आवास निर्माण गर्न नसक्ने (विपन्न, सङ्कटापन्न र अपाङ्गता भएका) परिवारलाई अनुदान रकममा रु ५० हजार थप हुने व्यवस्था पनि छ ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विस्तृत क्षति आँकलन भएसँगै डोटी, बझाङ र जाजरकोट केन्द्रविन्दु बनाएर भएका भूकम्पबाट आवास गुमाउनेका लागि पुनःनिर्माण र पुनःस्थापनाको काम सुरु गरिने जानकारी दिएको थियो । पुनःनिर्माणमा करिब रु ७३ अर्ब लाग्ने प्राधिकरणको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर