आइपिएल क्रिकेटमा सनराइजर्स हैदरावादले इतिहास रच्यो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदरावादले १६६ रनको लक्ष्य ९.४ ओभरमै पूरा गर्दै इतिहास रचेको छ । बुधबार राति भएको खेलमा हैदराबादले लखनऊ सुपर जायन्ट्सले दिएको १६६ रनको लक्ष्य ९.४ ओभरमा पूरा गर्दै इतिहास रचेको हो ।

आइपिएल इतिहासमा उक्त स्कोरको लक्ष्य पहिलोपटक ९.४ ओभरमै पूरा भएको हो । यस खेलमा हैदरावाद १० विकेटले विजयी भयो । जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक बनाएर तालिकाको तेस्रो स्थनमा उक्लिएको छ । रन रेटमा पनि सुधार गरेको हैदरावाद प्लेअफमा पुग्ने सम्भावना पनि बलियो बनेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनायो ।

उसका लागि निकोलस पूरन र आयुष बडोनीको उत्कृष्ट साझेदारी गरे । उनीहरूबीच पाँचौं विकेटका लागि ५२ बलमा अविजित ९९ रनको साझेदारी बन्यो । जसमध्ये आयुष बडोनीले ९ चौका प्रहार गर्दै ५५ रन तथा पूरनले २६ बलमा ६ चौका र एक छक्कासहित अविजित ४८ रन जोडे । यस्तै, कृणाल पाण्ड्याले २४ र कप्तान केएल राहुलले २९ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमारले दुई र प्याट कमिन्सले एक विकेट लिए ।

लखनउले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा ट्रभिस हेड र अभिषेक शर्माले आक्रामक पारी खेले । पावरप्लेको ६ ओभरमा दुवै ब्याटरले १०७ रन बनाए । उसका लागि ट्रभिसले ३० बलमा ८ छक्का र ८ चौकासहित अविजित ८९ रन बनाए । यस्तै, अभिषेकले २८ बलमा आठ चौका र ६ छक्कासहित नटआउट ७५ रन बनाए । यो हारपछि लखनउ अंक तालिकाको छैटौँ स्थानमा झरेको छ । आइपिएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन् । यी दुई टिमबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर