डर्टमन्ड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । बोरुसिया डर्टमन्ड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। सेमिफाइनलमा फ्रेन्च क्लब पिएसजीलाई समग्रमा २-० गोलले पराजित गर्दै डर्टमन्ड उपाधि नजिक पुगेको हो। सेमिफाइनलको दोस्रो लेगमा डर्टमन्ड १-० गोलले विजयी भयो।
पिएसजीको मैदानमा भएको खेलमा डर्टमन्डका लागि मार्ट हमल्सले ५० मिनेटमा निर्णायक गोल गरे। यसअघि पहिलो लेगमा पनि डर्टमन्डले फ्रेन्च क्लब पिएसजीलाई पराजित गरेको थियो। घरेलु मैदानमा डर्टमन्डले १-० गोलको जित निकालेको थियो।
प्रतिक्रिया