नेप्सेमा आज मंगलबार सामान्य अंक वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मंगलबार सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन १५.६२ अंकले घटेको नेप्से परिसूचक आज भने २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा पुगेर बन्द भएको हो । त्यसैगरी, आज १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्सको सेयर कारोबार भएको छ । आज ८ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आरएसडिसी लघुवित्तको ६ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्थाको ५ करोड १७ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । इन्फिनीटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्तका लगानीकर्ताले ७.४६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै गुमाउनेमा भने बोटलर्स नेपाल तराईका लगानीकर्ता रहेका छन् । आज बोटलर्स नेपालका लगानीकर्ताले ६.२३ प्रतिशतका दरले गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर