सुन तस्करी प्रकरणमा किरण बज्राचार्य र सञ्जयसिंह थापालगायतलाई कारवाही गर्न सिफारिस

(गृहमन्त्रालयका सहसचिव एवं सुन तस्करी सम्बद्ध पक्षलाई कारवाही गर्न बनेको सिफारिस समितिका संयोजक भरतमणि रिजाल)

काठमाडौं । गृह मन्त्रालयले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनअनुसार सम्बद्ध पक्षलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा आचार्य आयोगको प्रतिवेदनमा उल्लेख भएका विषयहरू अध्ययन गरी कारबाहीको कानुनी प्रक्रियासम्बन्धी सिफारिस गर्न जिम्मेवारी दिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

यसअघि उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले दिएको प्रतिवेदनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का तत्काल निर्देशक किरण वज्राचार्य, एसपी सञ्जयसिंह थापालगायतलाई कारबाही गर्नुपर्ने उल्लेख गरी प्रतिवेदन दिएको थियो।
‘समितिले कानुनको दफा उद्धृत गरी कारबाहीको प्रक्रिया सुझाएको छ। प्राविधिक प्रकृतिको प्रतिवेदन हो,’ प्रवक्ता भट्टराईले भने, ‘अब सम्बन्धित निकायमा लेखी पठाउँछौँ।’

(किरण बज्राचार्य )


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर