बाघ र गैंडा मृत अवस्थामा फेला

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार बाघ र गैंडा मृत अवस्थामा फेला परेका छन् । सौराहा नजिक रहेको निकुञ्जको भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ मृत अवस्थामा फेला परेको हो । निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको गस्ती टोलीले मृत अवस्थामा बाघ फेला परेको हो ।

बाघ कालगतिले मरेको हुनसक्ने र अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ । यसैगरी नवलपुरको अमलटारीस्थित लामीचौरमा गैंडा मरेको अवस्थामा फेला परेको हो । मंगलबार बिहान पौने दश बजे भाले गैंडा मृत अवस्थामा फेला परेको हो ।

गैंडा कालगतिले मरेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिएका छन् । उनका अनुसार गैंडाको खाग, खुर सुरक्षित छ । मृत बाघ र गैंडाको पोष्टमार्टम गर्न लागिएको निकुञ्जले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर