नर्सिङको लाइसेन्स परीक्षा तालिका सार्वजनिक

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले वर्ष २०८१ का निम्ति नाम दर्ता (लाइसेन्स) परीक्षा तालिका सार्वजनिक गरेको छ । वार्षिक तालिकाअनुसार पीसीएल र बीएस्सी नर्सिङको परीक्षा असार १५, कात्र्तिक १० र फागुन १० मा हुनेछ ।

यस्तै, विशेषज्ञ नर्सिङ र बीएमएसको परीक्षा असार १८ गते हुनेछ । विशेषज्ञ र बीएमसको सैद्धान्तिक परीक्षा कम्प्युटर प्रणालीबाट हुने तथा बीएमसएसको प्रयोगात्मक परीक्षा मिति प्रवेशपत्रमा तोकिने परिषद्ले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर