घटेको घट्यै छ शेयरबजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार पनि घटेर बन्द भएको छ । आज नेप्से ४.२७ अंकले घटेर एक हजार ८ सय ६६ दशमलब ४० विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ६९ करोड २२ लाख ७१ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आज कारोबार भएका ६८ कम्पनीको शेयरमूल्य बढेको छ भने १४४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.२० प्रतिशतले बढेर प्रतिकित्ता ४३६.९० रुपैयाँ पुगेको हो ।

नेप्सेका अनुसार स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ४.७० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरि लिमिटेडको भएको छ । यस कम्पनीको आज दुई करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर