मुम्बईले सनराइजर्स हैदरावादलाई ७ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इन्डियन्सले शानदार जित निकालेको छ। गए राति सम्पन्न खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो। हैदरावादले दिएको १७४ रनको लक्ष्य पछ्याएको मुम्बईले १७।२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। मुम्बईको जितमा सूर्यकुमार यादवले नटआउट शतक प्रहार गरे। उनले ५१ बलमा १०२ रन बनाए। यस अघि पहिला ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। यो यस सिजनमा मुम्बईको चौथो जित हो। १२ खेलमा ४ जित हासिल गरेको मुम्बई प्लेअफको दौडबाट भने बाहिर भइसकेको छ। त्यस्तै हैदरावादको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको हैदरावाद अंक तालिकामा चौथो स्थानमा रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर