जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटियो

काठमाडौं । जनकपुरको एक सहकारी संस्थाका एक कर्मचारीबाट हतियारधारी समूहले ८० लाख रुपैयाँ लुटेर भागेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतो मोटरसाइकलमा गइरहेका बेला अर्को मोटरसाइकलमा आएका तीन जनाले रुपैयाँ लुटेर भागेको बताइउको छ । रकम लुटिएकोबारे एक प्रत्यक्षदर्शी वृद्धले भने, ‘मोटरसाइकलमा तीन जना थियो । एक जनाले महतोको मोटरसाइकल रोकेर चाबी खोस्यो । अनि पैसा लुटेर भाग्यो ।’
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवालले रकम लुटेर भागेको जानकारीमा आएको बताए । उनले लुटेराहको खोजी भइरहेको बताए । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर