नेकपा एसको केन्द्रीय बैठक सर्‍यो

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक यही वैशाख ३१ गतेदेखि काठमाडौंमा बस्ने भएको छ। यसअघि वैशाख २८ गतेदेखि बैठक बस्ने भनिएको थियो।

पार्टी महासचिव घनश्याम भुसालले आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए। वैशाख ३१ देखि दुई दिनसम्म चल्ने बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत हुने पार्टीको वैचारिक दृष्टिकोण, जनवर्गीय संगठनका कार्यप्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका संगठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल केन्द्रित रहने महासचिव भुसालले बताए।

सोही बैठकबाट देशभर पार्टी संगठनको अवस्था, आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफलका साथै प्रदेश, क्षेत्र र भुगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी बाँडफाँट गरिने पनि जनाइएको छ। पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर