यौनजन्य दुर्व्यवहारको आरोपमा एक स्वास्थ्यकर्मी गिरफ्तार

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा महिला स्वास्थ्यकर्मीसँग यौनजन्य दुर्व्यवहार गरेको आरोपमा अस्पतालमै कार्यरत एक पुरुष स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले अस्पतालको आकस्मिक कक्षमा कार्यरत हेल्थ असिस्टेन्ट (एचए)ु अगन्ध चौरसियालाई आइतबार साँझ नियन्त्रणमा लिएको हो । अस्पतालको आकस्मिक कक्षमा ओजेटी अन जब ट्रेनिङका रुपमा कार्यरत मोडेल कलेजका दुई छात्रासँग चौरासियाले यौनजन्य दुर्व्यवहार गरेको उजुरी आएकाले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।
उनले भने, “आफूहरुसँग चौरासियाले सेक्सुअल ह्यारेसमेन्ट गरेको भन्दै दुई छात्राले ठाडो उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस बारेमा अनुसन्धान भइरहेको छ ।’ पीडित भनिएका पक्षबाट आरोप पुष्टि हुने प्रमाण पनि मागिएको उनले बताए ।

यता पीडित भनिएका छात्राहरूले प्रहरीमा दिएको ठाडो उजुरीमा चौरासियाले केही समयदेखि ब्यालेकमेलिङ् गर्दै अनैतिक क्रियाकलाप गर्न दबाब दिँदै आएको तर आफुहरुले अस्वीकार गरेपछि अस्पतालबाट निकालिने दिने धम्कीसमेत दिने गरेको आरोप लगाएका छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर