देशभर आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुसँगै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

आज राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। त्यसैगरी देशका बाँकी भूभागका एकदुई स्थानमा राति मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर